
मकवानपुर प्रहरीले आज सोमबार ठूलो परिमाणमा लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा बरामद गरेको लागूऔषध भिमफेदी गाउपालिका १ स्थित खोलाको बगरमा नष्ट गरेको हो ।
नष्ट गरिएको लागुऔषधमा गाँजा २१० केजी ३६४ ग्राम,चरेश १३ केजी ०४२ ग्राम, विनसाइरेक्स ७ वोतल,डाईजेल्याब १८९ वटा एम्पुल, ब्युर्पिनोर्फिन १८६ वटा एम्पुल जलाइ नष्ट गरिएको छ । त्यस्तै फेनारगन १९० वटा एम्पुल, नाईट्रोभेट ६८६ ट्याब्लेट र कोरेक्स ९९१ एमएल नष्ट गरेको छ ।
उप्त लागुऔषध जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक एसपी मुकेश कुमार सिंह, भिमफेदी गाउपालिका वडा नं १ का वडाध्यक्ष श्याम कुमार वल, जिल्ला अदालत मकवानपुरका प्रतिनिधि विनोद कुमार ढकाल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक हरीविष्णु ढकाल, दिपकला प्रतिष्ठान सुधार केन्द्रका अध्यक्ष राजिव श्रेष्ठ, स्थानिय ब्यक्ति, पत्रकारको उपस्थितिमा जलाई नष्ट गरिएको हो ।

