मसिंर १०, हेटौडा
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलि आज मकवानपुरको मकवानपुर गढि गाउपालिकाको वडा नम्बर ८ मा अवैध रुपमा लगाईएको गाँजा खेती नष्ट पुगेको छन
।
गढि गाउपालिकाको वडा नम्बर ८ तार्कु र सोहि वडाको अर्को ठाउ बैदरपाखा गरि दुई ठाउमा करिब एक बिगाहमा लगाईएको गाँजा खेती प्रहरिले आज नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय मकवानपुर गढि र प्रहरि चौकि चौघडाको सयुत प्रयासमा प्रहरि नायब निरिक्षक कृष्ण बहादुर खत्रिको कमान्डमा खटिएको प्रहरी टोलीले गाँजा खेती नष्ट गर्न सो गाउँपालिकामा पुगेको हो । त्यस्तै प्रहरीको उक्त टोलिले आज सोहि स्थानमा काटेर बोरामा हालेर राखेको केहि परिमाणको गाँजापनि जलाएर नष्ट गरेको ईलाका प्रहरि कार्यालय मकवानपुर गढिले जनाएको छ ।
सेयर गर्नुहोस्