पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो

हेटौडा टुडे
१६ मंसिर २०७६, सोमबार २०:२४

 

मंसिर १६ , हेटौंडा

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*