गढी गाउँपालिकाको जंगलमा प्रितिमायाको शव फेला

हेटौंडा टुडे
१७ मंसिर २०७६, मंगलवार १२:०८

सांकेतिक तस्बिर

 

मंसिर १७ , हेटौंडा

गढी गाउँपालिका वडा नंबर ४ समारी पुलबाट पुर्व तर्फको रहेको जंगलमा एक जना महिलाको शव फेला परेको छ ।
स्थानिय सोमबहादुर पाख्रिनकी श्रीमती बर्ष ४० कि प्रितिमाया पाख्रिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक प्रितिमाया पाख्रिन यहि मसिंर १४ गते साझपखबाट हराएकि थिईन । उनको खोजतलास गर्ने क्रममा स्थानियबासि र आफन्तहरुले आज बिहान मकवानपुरगढी गाउँपालिका वडा नं ४ स्थित मनकामना मन्दिर नजिकैको सामुदायिक जंगलमा शव फेला पारि प्रहरिलाई खबर गरेका थिए ।  शब पोष्टमार्टमका लागी हेटौँडा अस्पतालमा ल्याईएको छ ।  घटनाको विषयमा थप आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दीनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*