साढे दुई करोड लगानिमा आजबाट हेटौडामा होटल सुर्यान्स सुरुवात

हेटौडा टुडे
२३ मंसिर २०७६, सोमबार २१:४३

मंसिर २३ , हेटौडा

हेटौंडा १० टिसेनरोडमा आजबाट होटल सुर्यान्स प्रा.लि संचालनमा आएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि होटलका संचालक निप्पु सराफले जानकारी दिनु भयो ।

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित सँगै पर्यटकको माग र चाहानालाई मध्यनजर गरि होटल सञ्चालन गरिएको हो । नयाँ व्यवस्थापनका साथ सन्चालनमा ल्याएको रेष्टुरेन्टमा पर्याप्त पार्किङ, लिफ्ट सहितको सुबिधा रहेको छ ।

बजारको मुख्य चोक नजिकै रहेको होटलमा दुई वटा कन्फ्रेन्स हल सहित २ वटा रेष्टुरेन्ट बारको व्यवस्था रहेको छ । ४ वटा स्विट रुमसहित ३० वटा कोठाहरु रहेको छ । टफन ग्लास सहित हेटौंडा बजारको दृश्यावलोकन गर्न सकिने गरी सातौ तल्ला सम्म होटल सञ्चालनमा आएको छ । साढे दुई करोड रुपैयाँ लगानिमा नयाँ स्वरुपका साथ होटल सञ्चालनमा ल्याएको पत्रकार सम्मेलन मार्फत होटल सञ्चालनक निप्पु सराफले जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*