मोफसलमा नेपाली चलचित्रको बजार बिस्तारमा संचारकर्मीको भुमिका बिषयक अन्तक्र्रिया कार्यक्रम स्थगित

हेटौडा टुडे
३० मंसिर २०७६, सोमबार ०७:१२

मसिंर ३० , हेटौडा

हेटौडामा भोलि मंगलबार बिहान  हुने भनिएको मोफसलमा नेपाली चलचित्रको बजार बिस्तारमा संचारकर्मीको भुमिका बिषयक अन्तक्र्रिया कार्यक्रम स्थगित भएको छ ।

चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको आईतबार राती करिब १०: ३० बजे भएको असामाहिक निधनका कारण उक्त कार्यक्रम स्थगित गरिएको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारि गराउनु भयो । सिगों चलचित्र बजारनै स्तब्ध भएको समयमा हेटौडामा भोलि चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गर्न लागेको कार्यक्रम स्थगित भएको गौतमले जानकारि दिनुभयो ।

कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष केशब भटराई बोर्ड सदस्य नरेन्द्र महर्जन चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र संघ,निर्देशक समाज,समिक्षक समाज,चलचित्र पत्रकार संघ बुटवल,पोखरा,दाङ्ग,चित्तवन लगाएतका करीब ५० जना पत्रकारहरुको समेत सहभागीता रहने कार्यक्रम थियो । उक्त कार्यक्रम अर्काे सुचना नगरुन जेलसम्मको लागि स्थगित भएको र चाडैनै उक्त कार्यक्रम हेटौडामा हुने  संघ  अध्यक्ष गौतमले जानकारि गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*