पुस १० हेटौंडा,
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ सरस्वतीमा हिजो दिउसो देखि बिधुत लाईन अबरुद भएको छ । नेपाल टेलिकमले ईन्टरनेटको तार बिस्तार गरिरहदाँ लाईको तार मा टच भएर सर्ट भएको स्थानिय जूध्द प्रसाद घिमिरे बताउँछन् । यता बिधुत प्राधिकरणले भने यस बिषयमा चासो नदिएको स्थानिय बासिले गुनासो गरेका छन ।
नेपाल विद्धुत प्राधिकरण लाई सरस्वति टोल बिकास र सरस्वति यूवा क्लब ले आज भन्दा पाँच वर्ष अघि देखि नै तार ब्यवस्थित गर्न निबेदन दिईरहदा पनि आज सम्म पनि तार व्यवस्थित हून सकेको छैन् । ठूला मालबाहाक सवारिको साधनहरु आउँदा तारमा टच हुने गरेको र तार मुनि घर भएकाहरु डरमा बस्नु परेको स्थानियले हेटौंडा टुडे सँग गुनासो गर्छन् ।
केहि महिना अधि मात्र गाउँमा थ्रि फेज लाईन त पुग्यो गाउँमा खुसियालि छायो तर पनि प्रत्येक महिना जसो ट्रान्समिटर पड्किने र बिधुत लाईन अबरुद भईरहने समस्या जिउका तिउ छ । यस तर्फ नेपाल विद्धुत प्राधिकरण हेटौडाको ध्यान जान सकेको छैन । सरस्वति टोल बिकास सस्थां र सरस्वति यूवा क्लबले तार ब्यबस्थापनको निम्ति प्राधिकरण लाई निबेदन दिएको बताएता पनि यता नेपाल विद्धुत प्राधिकरण हेटौंडा बितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुर आफुलाई कुनै जानकारि नभएको र जानकारि आएमा तुरुन्त काम हुने बताउछन ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो । हेटौडा बजार नजिकै रहेको स्थानमा त नेपाल विद्धुत प्राधिकरण कार्य सैलि यस्तो छ भने गा्रमिण भेगमा प्राधिकरण काम कस्तो छ हामि सहजै अनुमान लगाउन सक्छौ ।