जे.एण्ड बि. कफि शपको पहिलो वार्षिक उत्सव सम्पन्न, बम्परमा १० जना विजेता

हेटौडा टुडे
१३ पुष २०७६, आईतवार २०:३३

पुष १३,  हेटौंडा

जे. एण्ड बि. कफि शप ले आजबाट दोस्रो बर्षमा प्रबेश गरेको छ ।  पहिलो वार्षिक उत्सव सम्पन्न गरेको अबसरमा हेटौंडा १० टिसिएन बाईपास मा अवस्थित उक्त कफि शप ले आफ्ना ग्राहक वर्गलाई ५०० बराबरको कपि खाँदा एउटा कुपन बिगतमा दिने गरेको थियो । सोहि कुपन को आज गोला प्रथा मार्फत विजेता घोषणा गरिएको छ ।

उक्त वार्षिक उत्सवमा कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजम्यान्टका प्रिन्सिपल पूरन बहादुर जोशि,  प्रहरि निरिक्षक ईश्वरी प्रसाद भण्डारी र प्रहरी सहायक निरिक्षक मान बहादुर कुमाल लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

वार्षिक उत्सव लाई मध्यनजर गरेर असोज २० गते देखि ग्राहक वर्गलाई ५००  बराबरको कपि खाँदा एउटा कुपन दिइृदै आएको थियो । सोहि कुपन को आज आईतबार गोलाप्रथा बाट बिजेता घोषणा गरिएको छ । गोलाप्रथामा हेटौंडा १० निवासि रोस थापा प्रथम हुनु भएको छ । थापाले रु १७,००० मूल्य बराबर को घडि प्राप्त गर्नुभयो । त्यस्तै दितिय मा विदेशि नागरिक हेले ले अमेरिकन टुरिसर ल्यापटप ब्याग प्राप्त गर्नुभयो । त्यस्तै तृतियमा रिता थापा उहाँले रु ७००० बराबर को लेडिज वालेट प्राप्त गर्नुभयो । चौथो मा बब्लु श्रेष्ठ ले रु ४००० बराबर को ल्यापटप ब्याग प्राप्त गर्नुभयो । पाँचौ देखि दशौँ सम्मलाई रु १००० बराबर को कफि भौचर प्राप्त गर्नुभयो । साथै आजबाट वार्षिक उत्सवको अबसरमा केहि साताको लागि २० प्रतिशत छुटको ब्यवस्था रहेको कपि शप का प्रबन्धक जमुना बिडारी ले जानकारि दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*