‘प्रदेश ३ को नाम बाग्मती राखे द्धन्द्ध निम्तिन्छ’ : संघीय समाजवादी फोरम

हेटौंडा टुडे
१५ पुष २०७६, मंगलवार १२:३६

हेटौंडा, १५ पुस

संघीय समाजवादी फोरम, मकवानपुरले प्रदेश ३ को नाम बाग्मती राखे द्धन्द्ध हुने चेतावनी दिएको छ ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै फोरमले नेवाः ताम्सालिङ प्रदेश अबिलम्ब घोषणा गर्न माग गरेको छ ।

यदि फोरमको मागलाई व्यवास्था गरी बाग्मती नै कायम गरे देशमा घटना निम्तिने चेतावनी दिँदै घटनाको जिम्मेवार रहन् सरकारले लिनुपर्ने बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती राख्ने गरी निर्णय गरेको थियो ।

फोरम मकवानपुर अध्यक्ष शुभरत्न गोले तामाङले बाग्मती नाम राखे करिब ३२ हजार पुरानो ताम्सालिङ सभ्यता र नेवार समुदायको पहिचान विपरित हुने धारणा राखे ।

यो निर्णयले प्रदेश ३ को ३७ प्रतिशत भन्दा धेरै जनसंख्या रहेका नेवार र तामाङ समुदायको अस्तित्वमाथि धावा बोलेको समाजवादी फोरमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*