तिस जना शिक्षक शिक्षिकाहरुले लिए पहिलो पाईला शिशु स्याहार केन्द्रबाट मन्टेश्वरी तालीम

हेटौंडा टुडे
२० पुष २०७६, आईतवार १९:२४

पुस २० , हेटौडा

 

 

यहि पौष १८ गते सुक्रबार देखि पहिलो पाईला शिशु स्याहार केन्द्रले आयोजना गरेको तिन दिने मन्टेश्वरी तालीम आज सम्पन्न भएको छ ।  जिल्ला भित्रका बिभिन्न बिध्यालयहरुमा कार्यरत शिक्षिकाहरुको क्षमता अभिबृद्धी र शैक्षिक स्थर उन्नतीका लागी आयोजना गरीएको तालिममा ३० जना शिक्षक शिक्षिकाहरु सहभागिता रहेको थियो  ।

मन्टेश्वरी तालिममा सहभागी शिक्षक शिक्षिकाहरुहरुलाई प्रमाणपत्र बितरण गर्दैै प्रमुख अतिथी समाजसेबी बिश्वकान्ति कलावतीले तालिमबाट सिकेका ज्ञानज्ञुनका कुराहरुलाई बिध्यालयमा गई बिध्यार्थी भाईबहिनीहरुमा सिकाउन अनुरोध गर्नु भयो । उहाँले बिध्यार्थीको भबिष्य शिक्षकशिक्षिका संग पनि जोडीएको हुदा बिध्यार्थीहरुलाई पढाउदा धेरै कुराहरु बिचार गरेर पढाउनु पर्नेमा जोड दिनु भयो ।

यस्तै कार्यक्रममा हेटौडा एकेडेमीका बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले मकवानपुरको शिक्षा क्षेत्रमा मन्टेश्वरी तालिमबाट ठुलो टेवा पुगेको भन्दै सिकेका कुराहरु ब्यबहारमा लागु गर्न सहभागीहरुमा अनुरोध गर्नु भयो । पहिलो पाईलाको पहिलो तालिम प्रयासले सहभागी बिध्यालयका शिक्षक शिक्षिकाहरुमा पढाउने र सिकाउने क्षमताको बिकाश हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट शिक्षिका धन थापाले तिन दिने तालिमबाट तिन करोडको शिक्षा पाएको चर्चा गर्नु भयो । त्यस्तै कायृक्रममा बोल्दै सहभाहिरुले आफुहरुले पहिलो पटक यस्तो तालिम लिन पाएकोमा खुसी ब्यक्त गर्दै पहिलो पाईलालाई धन्यबाद दिएका छन ।

कार्यक्रममा प्रशिक्षकको रुपमा रुप कार्की र कुशुम गिरिले रहनु भएको थियो । उहाँहरुले आफुहरुलाई बोलाएर तालिममा आफनो अनुभब आदनप्रदान गर्ने अबसर दिएकोमा आयोजकप्रति धन्यबाद दिनु भयो तालिममा         हयाण्डराईटिङ्ग ,क्राफटराईटिङ्ग,आर्टएण्डक्राफट, राईम्ससेसन, कक्षा ब्यबस्थापन, सिजन र शिर्षक अनुसारको पाठयोजना, सर्कल टाईम लगाएतका बिषयहरुमा प्रशिक्षण गराईएको पहिलो पाईला शिशु स्याहार केन्द्रकी संचालीका एबं समापन कार्यक्रमकी सभापती अकीता सुमार्गीले बताउनु भयो । उहाँले आगामी दिनमा पनि यस्ता तालिमहरु आयोजना गर्न पहिलो पाईला अग्रसर रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । यही शैक्षिकसत्र देखी पहिलो पाईला शिशु स्याहार केन्द्रले पुष्पलाल मार्ग हेटौडामा आफनै कार्यलयमा मन्टेश्वरी कक्षा संचालन गरीरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*