समाजसेवामा ब्यस्त हुदै ५ नम्बर वडा अध्यक्ष राजेश बाँनिया, २ सय विद्यार्थीलाई स्विटर प्रदान

हेटौंडा टुडे
२२ पुष २०७६, मंगलवार १८:३२

पुस २२ , हेटौडा

हेटौंडा उपमहानगरपालिका–५ मा अबस्थित लक्ष्मी आधारभुत माध्यामिक विद्यालयमा अध्यययनरत २०० विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमकाबिच सोहि वडाका वडाध्यक्ष राजेश बानियाँले जाडो यामलाई लक्षित गरि न्यानो कपडा वितरण गरेका छन् ।

आफुले निर्वाचनका बेला सामाजिक सेवा गर्ने भनेर चुनावी सभाहरुमा बोले अनुसार आफनो सम्पुर्ण पारिश्रमिक सामाजिक कार्यका लागि खर्च गर्ने गरेको उनले बताए । चुनावी सभामा आफुले गरेका प्रतिवद्धताहरु पुरा गरेको भन्दै बोलेको भन्दा बढी कामहरु गरिसकेको उनले बताए । उनले गरिब असाहय पिछडिएका जातजाती लगायतमा सहयोगका कार्यक्रम अगाडी बढाउने कार्यक्रमहरु रहेको बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पिप्ले युवा कल्बका अध्यक्ष शुसिल घिमिरे, नेपाली कांग्रेस वडा नम्बर ५ का सभापती यम बहादुर श्रेष्ठ, कपडा तथा तयारी पोशाक संघ मकवानपुरका उपाध्यक्ष रविन्द्र घिमिरे, कोषाध्यक्ष नेत्र खतिवडा, सदस्य जंग बहादुर बस्नेत, वडा नम्बर ५ का तरुण दलका अध्यक्ष रवी थापा, सदस्य रण बहादुर खनाल ९बाबु किङ्ग०, शान्ति नगर टोल विकास संस्थाका अध्यक्ष देबी बुढाथोकी, समाजसेवी राम बिडारी, ५ नम्बर वडा सदस्य ज्ञानु थापा लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*