२३ पुष,हेटौंडा
नेपाल विद्यार्थि संघले आज बुधबार हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । गत पुस २० गते बसेको मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको बैठकले गरेको शुल्क वृद्धिको निर्णय विरुद्ध दोस्रो चरण को आन्दोलनमा आज हस्ताक्षर संकलन गरिएको नेबि संघका संयोजक सन्तोष चौलागाँई ले जानकारि दिनुभयो ।
क्याम्पस प्रशासन र सञ्चालक समितिले भर्नामा सय प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेकोमा त्यस निर्णयको खारेजीको माग गर्दै ,सोहि क्याम्पस मा अध्ययनरत विद्यार्थीहरुबाट हस्ताक्षर संकलन गरिएको चौलागाईँले बताएका छन् ।
नेबि संंघ मकवानपुरका सभापति राजु खतिवडा, जिल्ला प्रवक्ता केशव खड्का लगायतको आतिथ्यतामा हस्ताक्षर संकलन सुरु गरिएको हो ।आज र भोली दुई दिन हस्ताक्षर संकलन गरि आन्दोलन गरिएको नेवि संघ मकवानपुरका प्रवक्ता केशब खड्काले बताए । आन्दोलनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा नै पत्रकार सम्मेन गरि आन्दोलनको थप कार्यक्रम बारे जानकारी समेत दिइएको थियो । नेवि संघले २४ गते सहायक क्याम्पस प्रमुखलाई क्याम्पस भित्र प्रवेश निषेध र २५ गते क्याम्पस प्रमुखलाई प्रवेश निषेध गर्ने कार्यक्रम रहेको नेवि संघ क्याम्पस ईकाइ संयोजक सन्तोष चौलागाईले बताए ।
संचालक समितिले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत, प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने निर्णय गर्नुका साथै क्याम्पस प्रवेश शुल्कमा समेत सतप्रतिशत वृद्धि गरेकोले सो निर्णय तत्काल खारेज गर्न स्ववियू मकवानपुर क्याम्पस र अन्य विद्यार्थी संगठनले समेत चरमबद्ध आन्दोलन गरिरहेका छन्, ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजु खतिवडाले पत्रकार सम्मेलनमा बोल्दै ७ हजारको हाराहारीमा विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा विपन्न वर्गदेखि सबै वर्गका विद्यार्थीहरुले अध्ययन गर्ने भएकोले सबैलाई समेट्ने गरि शुल्क तोक्नुपर्ने बताएका छन् ।
उनले क्याम्पसले ७ वर्षदेखि घाटा लागेको भनेको झण्डै साढे ४ करोड रुपैयाँ कसरी घाटा लाग्यो भन्दै त्यो रकम कहाँ गयो को–को हिस्सेदार बने भन्दै सो रकम भ्रष्टाचार भएको दाबी गरेका छन् । उनीहरुले नयाँ संचालक समिति आएपनि पारदर्शीढंगले काम कारबाही नभएको समेत बताए ।