स्ववियु निर्वाचन आउँदो फागुन १४ गते

हेटौडा टुडे
२५ पुष २०७६, शुक्रबार ०९:३९

पुस २५,काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने समय तोकेको छ ।

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तोकेको हो ।

स्ववियु निर्वाचन मिति तोकेसँगै त्रिविले आंगिक क्याम्पस र विद्यार्थीसँगठनहरुाई सूचना दिने काग सुरु गरेको छ ।

विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ ।

कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ ।

source-dcnepal.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*