होटल सुर्यान्सले आज माघे संक्रान्तिको अवसरमा गजल साँझ गर्ने

हेटौडा टुडे
१ माघ २०७६, बुधबार ०९:१३

माघ १ , हेटौडा

 

पर्यटन बर्ष २०२० लाइ लक्षित गर्दै सञ्चालनमा ल्याएको होटल सुर्यान्सले आज बुधबार माघे संक्रान्तिको अवसरमा ग्राहकलाई गजल साँझ आयोजना गरेर स्वागत गर्ने भएको छ । । आज हुने गजल कार्यक्रममा हेटौंडेली गजलकार हिरा क्षेत्री र बाबु क्षेत्रीले गजल गाउने होटलका म्यानेजर नकुल गिरीले जानकारी दिए । गजलसाँझ होटल सुर्यान्स रुफटपमा रहेको रेष्टुरेन्टमा हुने बताइएको छ । हेटौंडामा पहिलो पटक नयाँ शैलिबाट निर्माण गरिएको रेष्टुरेन्टमा ५५ जना सम्म बस्न सकिने र साँझमा आउँने ग्राहकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको म्यानेजर गिरीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*