जङ्गलि हात्तीले बिधङ्ष मच्चाउँदै मनहरि गाउँपालिका

स्थानीय बासिन्दा त्रशीत
हेटौंडा टुडे
३ माघ २०७६, शुक्रबार १९:२६

३माघ, हेटौंडा/ जङ्गलि हात्तीले विगत केही दिनदेखि मनहरी गाउँपालिकामा बिधङ्ष मच्चाउँदै आईरहेको छ। अझै सम्म पनि जंगली हात्तीको आतंक रोकिएको छैन।पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले बिगत एकसाता देखि हाडिखोला,कालिदमार, मेलडाँडा दरदरेमा  आतङ्क मच्चाउदै आएको छ।

बिहान ,बेलुकाको समयमा हात्ती बस्तीमै आएर बालिनालिलाई नोक्सान गर्दै आइरहेको अवस्थामा शुक्रबार बिहान मनहरी गाउँपालिका ५ दरदरेमा हात्तीले फेरि आतङ्क मच्चाएको छ। हात्तीले घट्टमा पसेर पिठो र अन्न खानुका साथै घट्ट भत्काएको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक राजेश कुमार यादवले  बताएका छन्।

नायब निरीक्षक सहितको टोली हात्ती भएकै स्थानमा रहेको र संभावित घटनालाई मध्यनजर गरेर स्थानीयलाई सचेत गराइएको र हात्ती लाई जंगल तर्फ पठाउने प्रयास भइरहेको जनाइएको छ।हात्ती आतङ्क मच्चिएसंग बिहान बेलुका बिद्यालय जान र घर बजार आवतजावत गर्न कठिनाइ भएको स्थानिय बताएका छन्।पुस २८ गते सोमबार मनहरी गाउँपालिका ३ मेलडाँडामा हात्तीको आक्रमणमा परी स्थानिय ८० वर्षीया महिलाको मुत्यु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*