माघ ३ , हेटौंडा
तासको लागि चितवनको नारायणगढ, काठमाडौंको अनामनगर आफ्नो पहिचान र सफलता कमाएको भेटघाट रेष्टुरेन्टकोे तासकोे स्वाद अब हेटोडामा पनि लिन पाईने भएको छ । मासुका बिभिन्न परिकार संगै स्पेसल तासको स्वादका लागि प्रख्यात भेटघाट रेष्टुरेन्टको फेन्चाई शुक्रबारबाट आफ्नो नया साखा तिन नम्बर प्रदेशको राजधानि हेटौडा बाट संचालनमा ल्याएको छ । हेटौडा उपमहानगर पालिका १ चौकिटोलमा २ करोड लगानिमा उक्त होटेल संचालनमा ल्याईएको हो ।
रेष्टुरेन्ट बागमती प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जेलामा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण कुमार नेपालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । करिब दुई करोड लगानीमा हेटौंडामा राजमार्गको छेउमै रहेको रेस्टुरेन्टको तास र मःमको लागि थकाली खाना सहित खाजाका विभिन्न परिकारहरु पाइने बताइएको छ । रेस्टुरेन्टमा एउटा मिनी हलको व्यवस्था गरिएको छ ।
होटलका प्रमुख संरक्षक गोविन्दप्रसाद तिवारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य विजय सुवेदी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, मुख्यमन्त्री डोरमणि पौडेलका राजनितीक सल्लाहाकार जेएन थपलीया, हेटौंडा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष सवीन न्यौपाने, होटल व्यवसायी संघका अध्यक्ष शंकरलाल श्रेष्ठ, लगायतको सहभागिता थियो ।