सिद्धार्थको ४४ औं वार्षिकोत्सवः रक्तदान देखि पुर्व विद्यार्थी भेला सम्म

हेटौडा टुडे
५ माघ २०७६, आईतवार २२:३३

माघ 05, हेटौंडा

हेटौंडा उपमहानगरपालिका २ मा रहेको सिद्धार्थ उच्च माध्यामिक विद्यालयले ४४ औं वार्षिकोत्सव भव्यताको साथ मनाउने भएको छ ।  प्रत्येक वर्ष माघ ८ गते मनाउँदै आएको वार्षिकोत्सवमा यो वर्ष भव्य रुपमा मनाउने तयारी गरेको विद्यालयले जनाएको छ ।  वार्षिकोत्सवको अवसरमा भोली सोमबार विहान ८ बजे विद्यालय र हेटौंडा उपमहानगरको कार्यालय अगाडी रक्तदान कार्यक्रम रहेको प्राचार्य मोहन शर्माले जानकारी दिएका छन् । यस्तै विद्यालयमा वतृत्वकला, वादविवाद प्रतियोगिता समेत रहेको शर्माले बताएका छन् । वार्षिकोत्सवकै अवसरमा सिद्धार्थ उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेको पुर्व विद्यार्थीहरुको भेला समेत हुने भएको छ ।

माघ ७ गते मंगलबार ३ बजे विद्यालयको हलमा पुर्व शिक्षक एव् विद्यार्थीहरुको भेला हुने तयारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाँईले जानकारी दिएका छन् । यस्तै माघ ८ गते विद्यालयको भव्यताको साथ वार्षिकोत्सव मनाउने तयारी भएको छ । उक्त अवसरमा विद्यालयमा खाना महोत्सव, शैक्षिक प्रदर्शनी, कानुनी विषयको नाटक तथा विविध कार्यक्रम रहेको अध्यक्ष बजगाईँले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*