हेटौडा बजार १६- १६ मिटर मात्र भत्कने, बाइपासबमा २५-२५ मिटरको राजमार्ग बन्ने

हेटौडा टुडे
९ माघ २०७६, बिहीबार ०८:४०

माघ ९ , हेटौडा

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा बजारमा पर्ने सडक २५-२५ मिटर सडक फराकिलो नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग बागमती प्रदेशका मुख्यमन्त्री देखि मकवानपुरका सांसद र नेताहरुसंग बुधबार हेटौंडा वजार क्षेत्रको सडक विस्तारका विषयमा बालुवाटारमा  छलफल भएको हो ।

हेटौंडाको राप्तिपुल देखि रातोमाटे सम्मको बजार क्षेत्रको सडकलाई १६ मिटर कायम गरी एसियन हाईवे अन्तर्गतको २५- २५ मिटर फराकिलो सडक नया स्थानबाट निकालिने मौखिक सहमति भएको छ । अबको ४ महिना भित्र हाइवे परिवर्तन गर्नका लागि  कुन स्थान उपयुक्त हुन्छ भनि आईईई रिपोर्ट तयार पार्न मन्त्रालयले प्राविधिक खटाउने कुरा भएको स्रोतले बताएको छ। उक्त रिपोर्ट तयार भए पश्चात हेटौंडा बजारको सडक ३२ मिटर कायम गरिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*