निर्मला पन्तको कथामा आधारित चलचित्र कोपिलाको भोली हेटौंडामा च्यारिटी सो हुने ।

हेटौडा टुडे
९ माघ २०७६, बिहीबार २१:०८

माघ ९ ,  हेटौडा

कन्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको घटनामा आधारित नेपाली चलचित्र ‘कोपिला’शुक्रबार भोलि हेटौंडामा च्यारिटी सो हुन गईरहेको छ । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको नेपाली चलचित्र ‘कोपिला’को च्यारिटी शोमा उनकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीको सहभागिता रहने जनाईको छ ।

मकवानपुर जागरण अभियानले उक्त चलचित्रको च्यारिटी सो गर्न लागको हो । भोली शुक्रबार बिहान नारायणी मलमा रहेको एनएस सिनेमामा चलचित्र प्रदर्शन हुने अभियानका अध्यक्ष कृष्ण कोइरालाले बताए । कोपिलाको च्यारिटी शोबाट उठेको रकमबाट पन्त परिवारलाई ५० हजार वितरण गरिने अध्यक्ष कोइरालाले बताए ।

मकवानपुरका सञ्चारकर्मी मणिराज गौतमले निर्माण गरेको चलचित्र कोपिलालाई शिवम् अधिकारीले निर्देशन गरेका छन्, । चलचित्रमा निर्मलाको भूमिकामा संजिबनी खरेलले अभिनय गरेकी छिन । चलचित्रमा संजिबनी संगै गणेश गिरि,सरिता गिरि, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे,अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*