अष्ट्रेलिया र क्यानडा भन्दै भ्रामक प्रचार

हेटौंडाको शैलुङ कन्सल्टेन्सी अवैध रुपमा सञ्चालित

हेटौंडा टुडे
१० माघ २०७६, शुक्रबार १५:३२

हेटौंडा, ९ माघ / हेटौंडामा अवैध तरिकाले सञ्चालित शैलुङ एजुकेशन कन्सल्टेन्सी प्रालिले जापनिज भाषा पढाउने नाममा फेरि अवैध धन्दा सुरु गरेको छ ।

यसअघि नै अवैध धन्दा गरेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सञ्चालक लिलाकुमार घलानले केही महिना कन्सल्टेन्सी बन्द गरेका थिए । बिना अनुमति अवैध तरिकाले कन्सल्टेन्सी चलाउँदै आएका घलानले अनुमित पर्खदै संस्था बन्द गरेको स्वीकारे ।

सम्बन्धित निकायबाट अनुमित नलिई अवैध धन्दा चलाउँदै विद्यार्थीलाई भ्रममा पार्दै आएको कन्सल्टेन्सीले हाल बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमति लिएपनि अवैध तरिकाले कन्सल्टेन्सी चलाउन भने छोडेको छैन । जापनिज भाषा पढाउने र शैक्षिक परामर्श दिने भन्दै कन्सल्टेन्सीले अनुमित लिएको थियो ।

तर, कन्सल्टेन्सीले अनुमित नै नलिएको अष्ट्रेलिया र क्यानडा भाषा पढाउने भन्दै भ्रामक प्रचार गरेको छ । गोप्य रुपमा अष्ट्रेलिया र क्यानडा भाषा पढाउने तयारी गरिरहेको पनि स्रोतले जानकारी दिएको छ ।

भिषा लाग्दैन भन्दै, विद्यार्थीलाई भाषा पढाउँदै

सञ्चालकले घलानले तु खबरसँग फोनमा कुरा गर्दै भने– ‘अहिले जापानको भिषा लाग्दैन् । विद्यार्थी जापान पठाउन नपाएपछि करिब १ डेढवर्षदेखि म डुबेको छु।’ उनको कन्सल्टेन्सीले भाषा पढाउने अनुमति लिएको हो । तर, जापान पठाउन नपाएको भन्दै आफू घाटामा रहेको उनी गुनासो गर्छन ।

घलानको भनाईबाट उनी आफैंले अवैध कन्सल्टेन्सीमार्फत अवैध धन्दा गरेको पुष्टी गर्छ । त्यसो त उनले जापानको भिषा नलाग्ने थाहा पाउँदापाउँदै पनि विद्यार्थीलाई तयारी भन्दै जापनिज भाषा पढाइरहेका छन् ।

तु खबरले भिषा नलाग्ने भएपछि किन पढाएको भनेर प्रश्न गर्दा तयारीको लागि भएपनि भाषा पढाएको घलानले बताए ।
उनले तु खबरलाई प्रतिक्रिया दिँदै भने– ‘बरु म कन्सल्टेन्सी बन्द गरिदिन्छु, यो पेशा नै त्याग्छु । तर, मेरो समाचार नलेखिदिनुस ।

उनले ५ जना विद्यार्थीलाई जापनिज भाषा पढाएको बताए । उनले भाषा पढाए वापत जम्मा ५ हजार लिने गरेको बताएका छन् । तर, विगतमा विद्यार्थीहरुबाट चर्को शुल्क उठाउने गरेको घलानमाथि आरोप छ ।

तुखबर बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*