१२ माघ,हेटौडा /गायन प्रतियोगिता नेपाल आईडलको सिजन थ्रि मा हेटौडाकी स्वस्तिका ढकालले आफनो जादुमय स्वर प्रस्तुत गरीरहेकीछिन । उनको जादुमय स्वरले गर्दा यो पटक उनि टप १२ मा पुगेकीछिन । उनलाई यो भन्दा अगाडी बढन अब उनलाई भोट गर्नु पर्ने भएको छ । आइडलको विभिन्न चरणहरु‘मेघा राउण्ड’ अर्थात अडिशन राउण्डमा ‘सालैजु’, ‘म आँखैमा राख्न’ जस्ता गित गाएर निर्णायकको मन जितेकी ढकालले क्रमश ‘थिएटर राउण्ड’ र ‘पियानो राउण्ड’ मा पनि उत्तीकै राम्रो प्रस्तुती दिएकी थिइन् । भोटिङ राउण्डका लागि हुने अडिशन अर्थात गाला राउण्डमा उनले दिएको प्रस्तुतीबाट उनको स्वरलाई माया गर्ने स्रोता तथा दर्शक बढेको देखिन्छ ।
सबैले ‘चेली’ भन्नुहुन्छ, भोट गरिरहनुभएको छ, हौसला दिइरहनुभएको छ निकै खुसी छु,– उनले भनिन् । उनले सन्चार माध्यम हरुमा आफुलाई भोट गर्न सबैलाई अपिल समेत गरेकी छिन् ।सामाजीक संजाल फेसबुक मार्फ ढकालले आफना फयान्हरुलाई भोट गरेर अगाडी बढाउन अनुरोध समेत गरेकी छिन् । सिजन टु देखी नै निकै राम्रो प्रस्तुती दिदै आएकी ढकाल राम्रो प्रस्तुती दिदादिदै पनि कम भोट आएको कारण बाहिरीएकी थिईन । तर यो पटक स्वस्तिकाले आफनो प्रस्तुतीमा निकै सुधार ल्याएकी छिन । उनको प्रस्तुतीबाट निर्णायकहरु पनि खुसी देखिन्छन ।
निकै म्यान फलो पाईरहेकी स्वस्तिकालाई अब अगाडी बढाउन भोटको आवाश्यक्ता पर्नेछ । यसको लागी उनले आफना फयान तथा हेटौडाबासीहरुमा अनुरोध गरेकीछिन् । उनलाई संगीतको शिखरको थप उचाइमा पुर्याउन जति सक्दो धेरै भोट गरिदिनु पर्ने हुन्छ । यसको लागी नेपाल भित्र बाट NI 12 type गरेर 37000 मा Send गर्नु पर्ने हुन्छ । सजिलै देश भित्र तथा बाहिरबाट एकैपटक धेरै भोट गर्नको लागी Respect and Rise app download गरेर भोट गर्न सकिनेछ । भोट गर्ने समय आगामी माघ १२ गते सोमबार मध्यान्ह १२ बजे सम्म रहेकाले जति सक्दो धेरै भोट गरेर आफुलाई अगाडी बढाउन स्वस्तिकाले अनुरोध गरेकीछिन् ।