रेडियो र सहकारीको वार्षीक उत्सबमा विविध कार्यक्रम गरिदै

हेटौंडा टुडे
१२ माघ २०७६, आईतवार २०:२७

१२ माघ,  हेटौंडा

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित हेटौंडाको पहिलो सामुदायिक रेडियोको रुपमा रहेको रेडियो मकवानपुरको दशौं वार्षिकोत्सव तथा सहकारीको २२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु हुने र उक्त कार्यक्रमको बिषयमा आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको थियो ।

संस्थाका अध्यक्ष महालक्ष्मी डिना उपाध्यायले माघ १५ गते मिडिया र सहकारीको सम्बन्ध विषयक अन्तरक्रिया, १६ गते सहकारी सम्बन्धी अन्तरमावि कविता प्रतियोगिता र दिव्यतारा सहकारीको कमानेमा शाखा कार्यालय उद्घाटन गरिने कार्यक्रम रहेको बताईन्, । उनले १७ र १८ गते रेडियो मकवानपुर कप फुटसल प्रतियोगिता गर्ने १८ गते मनहरी गाउँपालिकाको वडा १ मकरीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने १९ गते वार्षिकोत्सवको समापन तथा पुरस्कार वितरण गरिने अध्यक्ष उपाध्यायले जानकारी दिईन।

नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडको उपस्थितीमा समापन कार्यक्रम गरिने जनाइएको छ । समापन कार्यक्रममा सामुदायिक सम्मान २०७६ दुई जनालाई नगद १० हजार सहित सम्मान गरिनेछ भने रेडियो मकवानपुरमा कार्यरत एक जना कर्मचारीलाई उत्कृष्ट वर्ष कर्मचारी बाट सम्मान गरिने रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले बताउनु भयो । पत्रकार सम्मेलनमा रेडियोका अध्यक्ष पराजुली सहित सदस्य विष्णु खनाल, कांग्रेस नेता यतिराज सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, रेडियोका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारी, सहकारी व्यवस्थापक रमेश कोइराला लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*