
हेटौँडा,१५, माघ/ हेटौंडा ९ मा अवस्थित हेटाैडा माेडर्न इङलिस बाेर्डिङ स्कुलकाे २९ औँ बार्षिक उत्सव, अभिभावक दिवस तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम भाेलि हुने र कार्यक्रमकाे सम्पूर्ण तयारि पूरा भएकाे बिद्यालयका प्रधानाध्यापक दिनेश कुमार सुवेदी ले जानकारि दिनुभयाे ।
कार्यक्रममा तीन नम्बर प्रदेशका भुमि ब्यवस्था तथा सहकारि मन्त्री दावा दाेर्जे लामाकाे प्रमुख आथित्यतामा हुनेछ । कार्यक्रममा विद्यार्थीले विविध साँस्कृतिक प्रस्तुतिहरु राख्ने विद्यालयका प्रधानाध्यापक सुवेदी ले जानकारि दिनुभयाे । यस्तै कार्यक्रममा बर्षभरि विद्यालयमा सञ्चालित अतिरिक्त क्रियाकलापमा प्रथम दितिय र तृतिय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिनुका साथै विविध विद्या मा सम्मान प्रधान गरिने विद्यालय का प्रधानाध्यापक सुवेदीले वताउनुभयाे ।


सेयर गर्नुहोस्