माघ २२ , हेटौडा
तिन नम्बर प्रदेशको राजधानि स्थायि रुपमा हेटौडा तोकिए संगै हेटौडामा सवारि चाप बढ्न थालेको छ । बढ्दो सवारि चापलाई मध्यनजर गदै हेटौडा बजारको स्कूलरोड , राप्तिरोड पछि अब अजर अमर रोड पनि एक तर्फी सन्चालनमा आएको छ ।
मकवानपुर ट्राफिक प्रहरीले हेटौंडाको स्कूलरोड , राप्तिरोड पछि विभिन्न स्थानका भित्र सडकलाई एकतर्फी गर्ने क्रमलाई निरन्तरर्ता दिएको छ। यसै क्रममा ट्राफिक प्रहरीले हेटौंडाको अजर अमर रोडलाई दुई पाङ्ग्रे बाहेकलाई एकतर्फी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका छन्। एकतर्फी भएसँगै मेनरोड पट्टीबाट पारिजातपथतर्फ दुई पाङ्ग्रे बाहेक अन्य सवारी चलाउन पाइने छैन तर पारिजात पथबाट भने मेनरोड निस्कन सक्नेछन । यसै क्रममा हेटौडाको राप्तिरोडबाट बसपार्क तर्फ , स्कुलरोड र अजरअमर रोड गरि तिन ठाउमा दुई पाङ्ग्रे सवारी साधन बाहेकलाई एकतर्फी गरिएको छ ।