हेटौंडामा स्वदेशी जुत्ताको शोरुम “हाम्रो शुज” को उद्घाटन

हेटौडा टुडे
२३ माघ २०७६, बिहीबार २१:२७

माघ २३ , हेटौडा

हेटौंडा ४ भुटनदेवी स्कुलको मेन गेटै अगाडि एन्जल ल्पाजामा  हाम्रो शुज  पसल सञ्चालनमा आएको छ । आज बिहिबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले पसल रिवन काटेर पसलको उद्घाटन गरेका हुन् । उक्त उद्घाट्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, स्थानिय पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो शुजका संचालक गोविन्द मग्राति, रणसंग्राम दुलाल, रामकुमार तोलाङ्गे लगायतका ब्यक्तिहरुले हेटौंडामा करिब २ करोड लगानीमा फ्याक्ट्रि र जुत्ताको शोरुम सञ्चालनमा ल्याएका हुन। पब्लिक सुज र हाम्रो सुजको ब्राण्डमा जुत्ता उत्पादन गरिएको छ। ब्यबसाय संगै सामाजिक काममा पनि लाग्ने संचालक गोविन्द मग्रातिले बताउदै भन्नु भयो पसलमा रहेको हरेक शुज खरिदमा दश रुपैयाको दरले संकलन गर्ने र बिभिन्न संघ सस्थाहरलाई सहयोग गर्ने बताउनु भयो । साथै प्रत्येक तिन- तिन महिनामा संकलन भएको रमक फरक फरक संघ संस्थालाई सहयोग गर्ने र पहिलो ३ महिनामा संकलित रकम मामाघर नेपाललाई सहयोग गर्ने सञ्चालक मंग्रातीले बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*