मुन्नी र नाजिरको जोडी पर्दामा (भिडियो सहित)

हेटौंडा टुडे
२०७६ फाल्गुन १, बिहीबार १६:५५ गते

सक्किगोनीकी ‘मुन्नी’ पात्रबाट चर्चित प्रियना आचार्य र लोकप्रिय कलाकार नाजिर हुसेन एक साथ म्युजिक भिडियोमा देखिएका छन्। उनीहरुले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘रेल गाडी’ बोलको गीत विहीबार मायालु इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

हेर्नुहोस भिडियो

https://www.facebook.com/104296287587972/videos/528832231322672/

पछिल्लो समय हिट गित दिन सफल समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा रहेको गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ। ‘सक्किगोनी’का श्रृङ्खला निर्देशक एवम् कलाकार दीपक आचार्य काकु को निर्देशनमा बनेको गीतको भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय रहेको छ।

सागर मगरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टिमको सिनेम्याटोग्राफी रहेको छ। गीतको भिडियोलाई चन्दन दत्तको सम्पादन रहेको छ।

साभार :enter10nepal

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*