सालक पार्कमा हुने महायज्ञको आज बाईक त्यालि गरेर प्रचार प्रसार

हेटौंडा टुडे
१ फाल्गुन २०७६, बिहीबार २२:४०

फागुन १ , हेटौडा

चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भोलीबाट सुरु हुने महायज्ञको आज विहिबार बिहान प्रचारप्रसारको लागि मोटरसाइकल र्याली गरिएको छ । हेटौंडा–१७ मा रहेको सालक पार्कबाट शुरु भएको र्याली हेटौंडाको राजदेवी, दोभानचौर, फुर्केचौर, ठूलोदमार, हटिया, चिसापानी, रगशाला, पुतलीबजार, चौघडा हुँदै पुन सालक पार्कमै पुगेको चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक अर्जुन दाहालले जानकारि दिनुभयो साथै शुक्रबारबाट सुरु हूने महायज्ञको तयारी पुराभईसकेको पनि दाहालले बताउनु भयो ।

महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२०को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञ हुन लागेको आयोजकले जानकारी दिएको छ । भोली विहान कलश यात्रा र १२ बजे अनुष्ठानको समुदघाटन गरिने कार्यक्रम रहेको छ । महायज्ञका लागि १७ वटा उपसमिति गठन गरिएको छ भने महायज्ञबाट करिब १ करोड संकलन हुने र करिब १५ लाख रुपैँया खर्च हुने अनुमान आयोजकले गरेको छ । महायज्ञबाट संकलित रकमबाट सालक पार्कलाई पर्यटक स्थल बनाउन पार्क परिसरमा ज्योती लिङ्ग स्थापना गरिने समेत बताइएको छ ।। भोलि हुने कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*