मनहरीमा ट्रक दुर्घटना ,एकको मृत्यु

हेटौंडा टुडे
३ फाल्गुन २०७६, शनिबार १५:०६

 फागुन ३ हेटौंडा,  मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा आज शनिवार बिहान ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाले ज्यान गुमाएका छन् । ट्रकमा सवार अर्का एक जना गम्भिर घाइते छन् ।

मनहरी गाउँपालिका–६ सुनाचुरी भन्दा माथि गोरु बोकेको ट्रक पल्टिँदा रूपन्देही धकदही गाउँपालिका–३ घर भएका का २६ बर्षीय अकबर खानको मृत्यु भएको छ । रुपन्देही रोहनी गाउँपालिका–६ घर भएका ४० वर्षीय मकबुल महरु मुसलमान गम्भिर घाइते भएको मनहरी प्रहरीले जानकारी दिएको छ ।

मृतक खान र घाइते महरु दुवै गोरु बेक्ने ट्रकमा चरुवा हुन् । घाइते महरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले तु खबरलाई जानकारी दिए । नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख २३७ नम्बरको ट्रक अन्दाजी आज बिहान साढे ९ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । ट्रक चालक र सहचालक फरार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*