![](https://www.hetaudatoday.com/wp-content/uploads/2020/02/86671213_2714856475261325_7291602309547556864_o.jpg)
३ फागुन, हेटौंडा । हेटौंडा–१७ मा रहेको सालक पार्कको विकासका लागि शुक्रबारबाट शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पहिलो दिन शनिवार १ लाख २५ हजार संकलन भएको छ ।
नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरिरहेको महायज्ञमा शनिवार फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा १ लाख २५ हजार रूपैयाँ संकलन भएको अार्थिक उपसमिति संयोजक राजनप्रसाद चौलागाईंले बताए ।
महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञ हुन लागेको आयोजकले जानकारी दिएको छ । महायज्ञबाट करिब १ करोड संकलन हुने र करिब १५ लाख रुपैँया खर्च हुने अनुमान गरेको मूल समारोह समितिका संयोजक अर्जुनप्रसाद दाहालले बताए ।
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/08/hetauda-today-add-1-1.gif)
सेयर गर्नुहोस्