![](https://www.hetaudatoday.com/wp-content/uploads/2020/02/86419712_2864892923591213_3145883177168404480_n.jpg)
फागुन ५ हेटोंडा ,रेडियो थाहा संचारको १२ औं वार्षिकोत्सवको अवसरमा सोमबार (आज )हेटौंडामा वक्तृत्वकला प्रतियोगिता भएको छ । “सवारी दुर्घटना र उपचारको व्यवस्थापन“ विषयमा वक्तृत्व्कला प्रतियोगिता भएको हो ।
पुरानो नारायणी यातायात कम्पनी प्रा.लि. को प्रायोजनमा जिल्लाका माध्यमिक विद्यालयहरुबिच भएको प्रतियोगितामा चन्द्रोदय मा.वि. की स्नेहा रिमाल प्रथम, मकवानपुर बाल विद्या सदनकी दामिना गुरागाई द्धितीय र बुद्ध मा.वि. हात्तिगौडाकी सुस्मिता चोम्जन तृतीय हुनु भएको छ । प्रथमहुनेलाई नगद ५ हजार, द्धितीय हुनेलाई ३ हजार र तृतीयहुनेलाई २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगितामा ११ जना विद्यार्थीहरुसहभागी भएका थिए ।
कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनी प्रा.लि.का महासचिव सरोज खनाल, जिल्ला अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, रेडियोका सञ्चालक अंकिता सुमार्गी, विभिन्न विद्यालयका शिक्षकहरुलगायतको उपस्थिति रहेको थियो ।
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/08/hetauda-today-add-1-1.gif)