छोरी बलात्कारी हेटौंडाका बाबुलाई ३७ वर्ष कैद

हेटौडा टुडे
६ फाल्गुन २०७६, मंगलवार १४:२३

हेटौंडा ६ फागुन

हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबुलाई किशोरी छोरी बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बाबुलाई ३७ वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको सोमबार बसेको इजलासले उक्त फैसला गरेको हो । बलात्कारी बाबु क्षेत्रीय कारागार भीमफेदीमा छन् ।

पीडक बाबुले १७ वर्षीया छोरीलाई राति घरमा सुतिरहेको अवस्थामा छुरी देखाएर २०७५ चैत २ गते बलात्कार गरेका थिए । अदालतले एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउन आदेश जारी गरेको छ । बाबुबाटै बलात्कृत भएपछि किशोरी बारा जिल्लाको कोल्पीमा आफन्तकहाँ गएकी थिइन् । आफन्तको पुगेर घट्नाबारे सबै जानकारी गराएपछि बालिका बलात्कृत भएको कुरा सार्वजनिक भएको थियो ।

आफन्तको सहयोगमा चैत ११ गते बाबुलाई कारबाही गर्न किशोरीले जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । पीडक बाबुले किशोरीकी आमा दोस्रो विवाह गरेर अन्यत्र गएपछि घरमा सानीआमा ल्याएका थिए ।

sources:tukhabar 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*