सञ्चार मन्त्रीकाे अडियाे प्रकरण: मन्त्री बाँस्कोटाले दिए राजीनामा

हेटौंडा टुडे
८ फाल्गुन २०७६, बिहीबार १५:३१

काठमाडौं, ८ फागुन । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिनिधिसभाको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिनु भएको छ । बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन मागेको अडियो सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सञ्चारमन्त्रीले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै कांग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न सरकारसँग माग पनि गरेको थियो ।मन्त्री बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा लेनदेनसम्बन्धि अडियो सार्वजनिक भएपछि यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान आकस्मिक छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान अध्यक्षद्वयबीच मन्त्री बाँस्कोटाको राजिनामाबारे छलफल भएको नेकपा सचिवालय स्रोतले जनाएको छ । भ्रष्टाचारको कुरा आएकाले राजिनामा माग्नुपर्ने नेताहरुबीच छलफल भइरहेको छ।

यो पनि पढ्नुहोस,

७० करोड कमिसनका लागि संचारमन्त्री बाँस्कोटाको यस्तो ‘सेटिङ’ (अडियोसहित)

 

सत्तामा भएका बेला दिनदिनै आरोप लाग्छ, त्यसको पुष्टि हुनुपर्छ : मन्त्री बाँस्कोटा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*