विभिन्न पार्टी परित्याग गरि ५५ जना नेपाली काँग्रेसमा प्रवेश

नेपाली काँग्रेस आदिवासी जनजाती संघ १६ नम्बर वडा कमिटीको वडा स्तरीय भेला तथा बनभोज कार्यक्रम
हेटौडा टुडे
१० फाल्गुन २०७६, शनिबार १८:१९

फागुन ११ हेटौंडा/ नेपाली काँग्रेस आदिवासी जनजाती संघ १६ नम्बर वडा कमिटीको वडा स्तरीय भेला तथा बनभोज कार्यक्रम शनिबार (आज)  हेटौँडामा सम्मपन्न भएको छ ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बनभोज तथा शुभकामना आदान प्रदान गरीएको थियो ।कार्यक्रममा नेपाली काँग्रेस हेटौँडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुलि ,बकैया गाँउपालिका अध्यक्ष दामोदर खनाल, ,नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोईराला ,जिल्ला सदस्य कृष्ण प्रसाद दहाल,शुसान्त श्रेष्ठ लगाएतको उपस्थिती थियो ।

काँग्रेसमा प्रवेश

आदिवासी जनजाती संघ १६ नम्बर वडाको प्रथम अधिवेशनमा सिंह बहादुर तामाङको नृेतृत्वमा ३९ सदस्यि कमिटी गठन गरीएको छ ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी५५ जना नेपाली काँग्रेसमा  प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*