![](https://www.hetaudatoday.com/wp-content/uploads/2020/02/84419162_570296936888684_8048664379358445568_n.jpg)
फागुन १९,हेटौँडा /मकवानपुर प्रहरीले हेटौंडा–११ की अजिता भुजेलको हत्या संलग्न भएका ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।सोमबार जिल्ला अदालत मकवानपुरका न्यायाधीस कमलराज विष्टको एकल इजलासले अजितामा हत्यामा संलग्न ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
हत्या अभियोगमा पक्राउ परेका हेटौंडा–९ का १८ बर्षीय सिमोन परियार,हेटौंडा–४ का २५ बर्षीय सुशील थापा मगर,हेटौंडा–४ का २४ बर्षीय आशिष बल र हेटौंडा–४ का २१ बर्षीय बुद्ध लामा र सोनम गोलेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने हत्या अभियोगमा पक्राउ परेकी हेटौंडा–११ की २० बर्षीया एलिसा पाख्रिनलाई भने १ लाख धरौटी माग गरिएको छ ।
पाख्रिनलाई १ लाख धरौटी माग गरेपनि तिर्न नसकेपछि उनलाई चितवन कारागार पठाईएको र अन्य ५ जनालाई भिमफेदी कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार केशवराज कौशिकले बताएका छन ।यता मकवानपुर प्रहरीले माघ २१ गते हत्या अभियोगमा संलग्न ५ जनालाई सार्वजनिक गरेको थिए भने फरार एक जनालाई केही दिनपछि पक्राउ गरेको थियो ।
यो पनि पढ्नुहोस,
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/08/hetauda-today-add-1-1.gif)