प्रत्यारोपणको करिब डेढ घण्टापछि प्रधानमन्त्री ओलीको होस खुल्यो

हेटौडा टुडे
२१ फाल्गुन २०७६, बुधबार १७:५२

फगुन २१, काठमाडौँ /मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट आपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री केपी शर्मा ओलीको होस खुलेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थाल्नु भएको छ ।

बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो ३ बजेसम्म चलेको थियो। मिर्गौला दाता भाञ्‍जी समीक्षा संग्रौला र प्रधानमन्त्री ओलीको शल्यक्रिया एकैसाथ गरिएको थियो। समीक्षाको देब्रे मिर्गौला झिक्ने शल्यक्रिया सकेलगत्तै चिकित्सकहरुले प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गर्नु भएको थियो ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो। ‘अहिले उहाँले हात खुट्टा चलाउन थाल्नु भएको छ। उहाँ पूर्ण होसमा आइसक्नु भएको छ ।’ ज्ञवालीले भन्नु भयो ।

हेर्नुहोस विज्ञप्ति,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*