भोली होली नखेल्नु:मकवानपुर प्रहरी,जबरजस्ती होली दल्नेलाई अभद्र व्यवहारको मुद्दा चल्ने

हेटौंडा टुडे
२५ फाल्गुन २०७६, आईतवार २२:१०

फाल्गुन २५ हेटौडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले यसपाली जिल्लामा रंगको पर्व होली नखेल्न अनुरोध गरेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लामा होली नखेल्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय पनि केही दिनअघि सूचना जारी गर्दै जिल्लामा होली नखेल्न जिल्लाबासीलाई अनुरोध गरेको थियो ।

प्रहरीले जारी गरेको सूचनामा अत्यावश्यक समयमा मात्र घर बाहिर निस्कन अनुरोध गरेको छ । अनावश्यक रुपमा जमघट र घर बाहिर नजान नागरिकलाई प्रहरीले सूचित गरेको हो ।

मकवानपुर प्रहरीले यसवर्षको होलीमा रंग तथा पानीको प्रयोग नगर्न सर्वसाधारणमा आग्रह गरेको हो । जनहितमा जारी गरेको सूचनामा रंग र पानीको प्रयोगले कोरोना भइरसको संक्रमण झन बढ्न सक्ने भएकाले यसवर्ष होली नखेल्न अनुरोध प्रहरीले गरेको हो ।

मकवानपुर प्रहरीले कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सबै नागरिकलाई सावधानी अपनाउन र सचेत हुन आग्रह गरेको छ । मकवानपुर प्रशासनले यसअघि नै जिल्लामा सभा, सम्मेलन, सार्वजनिक कार्यक्रम तथा जमघट नगर्न जिल्लाबासीलाई अनुरोध गरेको थियो ।

सुन्नुस् प्रहरीको सूचना,

 

यो पनि हेर्नुहोस,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*