श्रोत नखुलेको भारतिय रुपैयाँ सहित २ जना पक्राउ

हेटौंडा टुडे संवादाता
५ चैत्र २०७६, बुधबार १२:२९

चैत्र ५,हेटौंडा/ मकवानपुर प्रहरीले भारतिय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बैतपुर जिल्ला पैरोसव बस्ने ३१ वर्षिय बिजय चौधरी र भारत नहेटी जिल्ला ग्राम पञ्चायतमाउतपुर बस्ने ३८ वर्षिय शंकर सरदार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।

प्रहरीले बुधवार (आज) बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक अरुण कुमार कुशवाह सहितको चेकिङ टोलिले पश्चिमबाट बिरगंजतर्फ जाँदै गरेको डब्लु बि २३ ई २३३३ नम्बरको भारतिय बोलेरो गाडिलाइ रोकि चेकजाँच गर्दा उनिहरुको साथबाट ९ लाख ९९ हजार श्रोत नखुलेको भारतिय रुपैयाँ बरामद गरिएको हो ।

         भारतिय रुपैंया

उक्त बरामद गरिएको भारतिय रुपैंया सहित उनिहरुलाई पक्राउ गरि आवश्यक कारवाहिको लागि राजश्र्व अनुसन्धान कार्यालय पथलौया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*