
चैत्र ८, हेटौंडा/ नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) सहित मकवानपुरका मनिष स्याङताङ पक्राउ पर्नुभएको छ । उहाँ नागढुङ्गाबाट नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) सहित पक्राउ पर्नुभएको हो ।
मनिष लाई महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चेकजाँचको क्रममा नक्कली लाइसेन्ससहित शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीले मनिषसहित अन्य दुई जनालाई पनि पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नुभएको तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्