चैत्र १४ हेटौंडा / आज हेटौंडा ४ खोपेगल्लिमा १-१ मिटरको दुरीमा गोलो घेरा लगाईएको छ। अब तरकारी किन्न जाँदा हरेक व्यक्ति एउटा गोलो घेरा भित्र बसेर लाइन लगाएर खरिद गर्नुपर्नेछ।
चर्को आलोचना पछि हेटौंडाको तरकारी बजारमा सोसियल दिस्टेन्स अर्थात (सामाजिक दुरी) कायण गर्नका घेरा लगाईएको छ। देश लकडाउन भएका बेला साझ ५ बजेपछि हेटौंडाका सडक खचाखच हुने गरेपछि स्थानीय सरकार र प्रसासनको चर्को आलोचना भएको थियो।

खोपे गल्लीमा सडकमा बनाईएको गोलो घेराले नियन्त्रण गर्ला त साझको भिड ? खोपे गल्लीमा कोरिएको लक्ष्मण रेखा भित्र बस्लान त हेटौंडाका नागरिक ? त्यो हेर्न बाकि छ।
चौतर्फी आलोचनापनि प्रहरी लगाएर झाडा तिर्नेकाम जस्तो देखिएको स्थानीय प्रसासनको यो कार्य यतिमै सिमित हुनुहुन्न। यहाँको स्थानिय सरकारले यस बिषयलाई गम्भीर रुपमा लिएर अत्यावस्यक बस्तु खरिदका लागि सुरक्षित उपाय निकालि थप कदम चाल्नु आवस्यक छ।
















