चैत्र १९, हेटौडा
कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनको आज नवौ दिन बुधबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसाननै देख्रिन्छ । खाद्य सामाग्रिको पसल, दुग्ध पदार्थको पसल, औषध पसल, तरकारी पसलहरु खुलेका छन् भने अन्य पसलहरु बन्द छन् ।
चिनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाइरसले बिश्वब्यापी माहामारीको रुप लिएको छ । कोरोनाको संक्रमणबाट नेपाल पनि बच्न सकेको छैन। आज सम्म नेपालमा ५ जना संक्रमित फेला परिसकेका छ । सरकारले कोरोना भाइरसबाट कसैको मृत्यु नभएको बताईरहेको छ । देश पूर्णरुपमा लकडाउन छ । सरकारले विभिन्न सुरक्षा संयन्त्र पनि अपनाइरहेको छ। देशका विभिन्न स्थामामा कोरोना अस्पताल, आइसोलेसन संगै अब सातै प्रदेशबाट कोरोना परिक्षण गर्ने व्यवस्था मिलाइरहेको छ ।
लकडाउनमा नवौ दिन यस्तो देखियो हेटौँडा बजार हेर्नुहोस तस्बिरहरु