चैत्र २१हेटौंडा/ हेटौंडा -९ मा रहेको पशुपतिनगर मर्निङ हेल्थ क्लबले आज हेटौंडा ९ मा रहेका ११ घरधुरी बिपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
क्लबका अध्यक्ष प्रचण्ड प्रधान काेषाध्यक्ष सति न्यौपाने सदस्यहरु सानू कार्की खण्का, मदन न्यौपाने, सुनिल लोप्चन लगाएत को टोलि ले राहात सामाग्री बाड्नुभएको हो । क्लबले प्रगति टोल बिकास सस्थाका बलराम मिजार, मदन टोल बिकास सस्थाका शन्त घिसिङ , आशाराम कुछ्बन्दिया, जनकल्याण टोल बिकास सस्थाका राधा पाण्डे लगाएतलाइ राहात सामाग्री बितरण गरिएको थियो । जसमा चामल दाल नुन तेल मसला साबुन लगाएतको दैनिक उपभोग्य सामाग्री रहेको सस्थाका अध्यक्ष तथा समाजसेवी प्रचण्ड प्रधान ले जानकारी दिनुभयो ।
पुरै बिश्व कोरोनाको माहामारि सङ जुदिरहेको र नेपाल सरकार ले यसबाट बच्न लकडाउन को नीति लिएपछि दैनिक ज्यालादारी गरेर आफ्नो जिबिको पार्जन गर्ने आर्थिक अबस्था नाजुक भएका परिवारलाइ केही सहज होस भन्ने उदेश्य ले क्लबका सदस्य हरु बाट आर्थिक सङ्कलन गरि राहात सामाग्री बितरण गरिएको सस्थाका काेषाध्यक्ष सति न्यौपानेले जानकारी दिनुभयो ।