तरकारीमा कालोबजारि देखेपछि,सापकोटाले सुरु गरे मक्रान्चुलिमा बाटोमै पसल

हेटौंडा टुडे
२६ चैत्र २०७६, बुधबार २१:३३

चैत २६,हेटौंडा /कोरोनको सङक्रमणको सन्त्रास बढे सँगै कोरोना संक्रमण बढन नदिन नेपाल सरकारले गरेको लगडाउनको आज १६ दिन पुगेको छ । सरकारले अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेसँगै सर्बसाधारणलाई आफ्नो दैनिकीमा अप्ठ्यारो परेको छ ।

दैनिक उपभोग्य खाध्यान्नको वस्तुहरु किन बेचमा असहज भए पनि आम नेपाली नागरिकहरुले राज्यलाई घर्मै बसेर लगडाउनमा सहयोग गरिरहेका छन् । यसै बिच लगडाउनमा बसेका मकवानपुर गढी गाउपालिकाका वडा नम्बर ३ का स्थानीयलाई आफ्नो दैनिकी भान्सामा प्रयोग हुने तरकारीको गाउमै बिक्रि गरेर हरि सापकोटाले उदाहरणीय काम गरिरहेको छन् । मक्रान्चुली वडा नम्बर ३ का स्थानिय सापकोटा अन्य दिनहरुमा भने हेटौंडा बजारमा बिगत १२ बर्ष देखि तरकारीले बिक्रि वितरण गर्दै आईरहेका थिए ।

सरकारले गरेको लगडाउनको पालना गर्दै सापकोटा बजारमा बस्न गारो हुने र बजार नजिकै आफ्नो गाउँ पर्ने भएकाले गाउमै आएका थिए । आफू घरमा रहदा बिहान बेलुका तरकारी कहिले काँहि किनेर खानु पर्ने भएकाले आफू मक्रान्चुलीमा रहेको पसलमा तरकारी किन्न जादा अति महँगो तिरेर खाएको र खुर्सानी पाउको १२० रुपैयाँ र कागती प्रती गोटा ३० रुपैया तिरेर खानु परेको भन्दै  सापाकोटाले हेटौंडा टुडेलाई बताउँछन् ।

यहि तरकारी पेसा ब्यबसाय गरेको खाने आफू प्रत्यक्ष ठगिएको र मक्रान्चुलीका स्थानीय ब्यापारिले तरकारीमा चरम कालोबजारी गरेको गुनासो सुने पछि सापाकोटाले  आफू ब्याध्य भएर यो काम सुरु गरेको आज चार दिन भएको बताउछन ।

गाउमै किसानले उत्पादन गरेको तरकारी अत्याधिक महँगो भएकाले सापकोटा दैनिक एक कुन्टेल तरकारी बजारबाट ल्याएर गाउमै बिक्रीवितरण गरिरहेका छन्  गाउमा भन्दा आधा सस्तोमा बेच्दा पनि दैनिक एक हजार रुपैंया कमाई गरिरहेका छन ।

गाउँ गाउमै स्थानिय सरकार छ,भनीरहँदा मकवानपुर गढी गाउपालिका र इलाका प्रहरी कार्यलय मकवानपुर गढी सँगै रहेका केहि पसलहरुले लुट्ने क्रम भने छोडेका छैनन् । लकडान यो समयमा त्यहाँका  केहि व्यापारीले भने आज पनि बजार भाउ भन्दा दोब्बरमा सामानहरु बेची रहेका छन । यस्मा स्थानिय सरकार कुनै चासो देखिदैन बरु आफ्नो प्यानलका साथिहरुलाई राहत कसरी दिने र आफ्नो बसमा कसरी ल्याउने भन्नी तल्लिन देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*