मकवानपुरगढीका पाठकको घरमा आगलागी

टुडे संवाददाता
२७ चैत्र २०७६, बिहीबार १९:१७

चैत  २७ हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ स्थित पश्चिमडाँडा भन्ने ठाउँमा आगलागी हुँदा एक घर जलेको छ ।

इलाका प्रहरी कार्यालय मकवानपुरगढीले दिएको जानकारी अनुसार आगलागीबाट स्थानीय सरोज पाठकको घरगोठ जलेको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानविय क्षति नभएको प्रहरीको भनाई छ ।

क्षतिको विवरण भने आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*