कोरोना संक्रमित संख्या १४ पुग्यो,कैलाली र रौतहटमा गरी दुईजनामा कोरोना संक्रमण

टुडे संवाददाता
१ बैशाख २०७७, सोमबार १७:१९

बैशाख ०१,हेटौंडा/ नेपालमा कोरोना संक्रमण हुनेहरुको संख्या बृद्धि भैरहेको छ । आज पनि कैलाली र रौतहटमा गरी दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको हो ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् । ‘मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर यहा पठाएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताए ।संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ । त्यस्तै गरी रौतहटमा क्वारेन्टाइनमा रहेका १९ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको नमूना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याईएकोमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*