
बैशाख ,१५ हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित सिंचाई टोलमा स्कुटर दुर्घटना भएको छ । स्कुटर दुर्घटना हुदा दुई जना घाईते भएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।
सोमबार साझ मनकामना मन्दिरबाट हेटौंडा तर्फ आँउदै गरेको स्कुटर हेटौंडा ५ स्थित सिंचाईटोलमा दुर्घना भएको हो । स्कुटर दुर्घटनामा हेटौंडा उपमहानगरपालीका वडा नम्बर १० राममन्दिर बस्ने ४० वर्षिय ओम प्रकाश साह र काठमाण्डौं घर भई हाल हेटौडा ९ प्रगति स्कूल नजिकै डेरा गरी बस्दै आएकि ३१ वर्षिय सुनिता पाण्डे घाईते भएका छन् ।
प्रहरी का अनुसार दुबै घाईतेहरुलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको बताईएको छ
।


सेयर गर्नुहोस्