लकडाउनमा भट्टी पसल खोलि घरेलु मदिरा बेच्ने वडा प्रहरीको फन्दामा

टुडे संवादाता
२५ बैशाख २०७७, बिहीबार १५:५६

बैशाख २५,हेटौडा/वडा प्रहरी कार्यालय हेटौडाको टोलीले बुधवार (हिजो)साँझ लकडाउनलाई उल्लंघन गरी भट्टी पसल संचालन गर्ने एकजनालाई घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने सामग्री सहित पक्राउ गरेको छ।

लकडाउनको समयमा घरेलु मदिरा बनाइ होटल खोलि बिक्री वितरण गरेको भन्ने बिषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा २ हरामीटोलमा रहेको एक होटलबाट ३० लिटर घरेलु मदिरा,मदिरा बनाउन प्रयोग भएको भाँडाकुँडा सहित होटल सञ्चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्।मदिरा सहित होटल संचालक बलराम बलामी श्रेष्ठलाई विक्री वितरण नगर्ने सर्तमा कागज गरी आज बिहान छाडिएको जनाइएको छ। बरामद गरेको उक्त मदिरा पत्रकार तथा स्थानीय मानिसहरूको रोहवरमा नष्ट गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*