बैशाख २८, हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने फुलमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । आईतबार राति ८ बजेको समयमा विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखेको उक्त परिणामको गाँजा बरामद भएको पछि निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए ।
तामाङलाई पक्राउ गरी घटनाको विषयमा आवश्यक अनुसन्धानको साथै कानूनी कारबार्ही अगाडि बढाइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्