
बैशाख,३० हेटौंडा/नेपालमा थप १७ जनामा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ । यो संगै आज एकैदिन ७४ जना संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए।
परीक्षणका लागि ल्याइएका ती स्वाब (नमूना)हरु प्रदेश २ र प्रदेश ५ बाट संकलन गरिएकाे हाे।
यसअघि आजै ५७ जनामा कोरोना पुष्टि भएको थियो। कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या २०८ जना पुगेकाे छ।


सेयर गर्नुहोस्