
जेठ २८,हेटौंडा /हेटौंडामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । बुधबार हेटौंडा उपमहानगरपालिका वडा नंबर १ राप्तीपुल नजिक टिपरले स्कुटरलाई ठक्कर दिदा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।
हेटौंडा बजारबाट नवलपुरतर्फ जादै गरेको ना ८ ख ७५५८ टिपरले विपरीत दिसाबाट आउदै गरेको प्रदेश ३–०२–१२ प १३३८ नंबरको स्कुटरलाई ठक्करबाट घाइते भएका स्कुटर चालक केशर दोर्जे थिङको हेटौंडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
मृतक थिङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा कार्यरत प्रहरी हवल्दार रहेको प्रहरीले जनाइएको छ ।
सेयर गर्नुहोस्