बकैया गाउँपालिकामा चट्याङ लागेर दुईको मृत्यु

टुडे संवाददाता
११ असार २०७७, बिहीबार १०:५८

असार११, हेटौँडा /मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु र एक जना घाइते भएका छन् । गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका २ स्थित कालापानीका बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको मृत्यु भएको हो ।

सम्झनाको घरमा बसिरहेको अवस्थाा चट्याङ लागेर घटनास्थलमा नै विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा गए राति नै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षका ईन्द्रबहादुर रानाले जानकारी दिए ।
यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको १४ वर्षीय छोरा किरण जिम्बा घाइते भएकोमा दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*